मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन भन्ने एक मात्र प्रमाण चित्लाङमा

मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन भन्ने एक मात्र प्रमाण चित्लाङग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सभ्राट नेपालको भ्रमणमा आउदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूति, र्गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण रहेको कुरा इतिहासले देखाउछ ।  मकवानपुर जिल्लाको उत्तरी क्षेत्र मा रहेको पालुङ्, बज्रवाराही, दामन, मार्खु, फाखेल र चित्लाङ् पर्यटकिय क्षेत्रको रुपमा विकास हुन थालेको छ ।आहा चित्लाङ ! बन्ने भो चेपाङ–महाभारत ... टौखेल–चित्लाङ्–चन्द्रागिरी मात्र १५ कि.मि.को दूरीमा रहेको छ । काठमाण्डौंबाट २२ किलोमिटरको दूरीमा चन्द्रगिरी डाडा पर्दछ । चन्द्रगिरीको डाडाको काखमा रहेको चित्लाङमा पछिल्लो समयमा स्थानीयवासीले होमस्टे र पेईङ गेष्ट अवधारण्ाँमा पर्यटनहरु लाई सेवादिन थालेका छन । चित्लाङ मल्लकालीन इतिहास बोकेको ऐतिहासिक स्थलपनि हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *